बुक विल्डिङमा सेयर किन्न थप १८ संस्था योग्य, कुन–कुन कम्पनी छन् योग्य ? « Arthapath.com
११ फाल्गुन २०७७, मंगलवार

बुक विल्डिङमा सेयर किन्न थप १८ संस्था योग्य, कुन–कुन कम्पनी छन् योग्य ?



काठमाडौं । बुक विल्डिङमा आवेदन दिन थप १८ संस्थागत लगानीकर्ता योग्य देखिएका छन् । बोर्डले थप १८ संस्थागत लगानीकर्तालाई बुक विल्डिङमा सहभागी हुन अनुमति प्रदान गरेको हो । बोर्डले यसअघि ४६ संस्थागत लगानीकर्तालाई योग्य संस्थागत लगानीकर्ताको रुपमा स्वीकृति प्रदान गरेकोमा थप १८ वटा संस्थागत लगानीकर्तालाई अनुमति प्रदान गरेको छ ।

योग्य संस्थागत लगानीकर्ताले निष्काशनकर्ता कम्पनीको प्राविधिक, वित्तीय व्यवस्थापन, भावी योजना र रणनीतिलगायतको विवरणको अध्ययन गरी सुसूचित तवरले धितोपत्रको आशयको मूल्य पेश गरी प्रारम्भिक सार्वजनिक मूल्य निर्धारणमा दक्ष तथा व्यवसायिक सहभागितामार्फत धितोपत्रको उचित मूल्य निर्धारणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यसरी थप अनुमति पाउनेमा भेन्चर क्यापिटल पालि, एभरेष्ट इन्स्योरन्स, नागरिक लगानी कोष, सायन होल्डिग्स्, नविल इन्भेष्टमेन्ट बैंकिङ, नविल इन्भेष्टमेन्ट बैकिङ, नविल व्यालेन्स फण्ड, नविल इक्विटी फण्ड, एनएमबी क्यापिटल, एनएमबी हाइबिड फण्ड, एनएमबी फिफ्टी, एनआईसी ग्रोथ फण्ड, एआइसी व्यालेन्स फण्ड, एनआईसी डाइनामिक डेब्ट फण्ड, एनएमबी बैंक, एनबी बैंक, सम्पन्न क्यापिटल, नागरिक स्टक डिलर कम्पनी र सिटि एक्सप्रेस इन्भेष्टमेन्ट छन् ।


प्रतिक्रिया दिनुहोस्