मंगलबार थप ११० कोरोना संक्रमित थपिए, ४ जनाको ज्यान गयो « Arthapath.com
११ फाल्गुन २०७७, मंगलवार

मंगलबार थप ११० कोरोना संक्रमित थपिए, ४ जनाको ज्यान गयो



काठमाडौ । मंगलबार थप १ सय १० जना कोरोना संक्रमित थपिएका छन।यो संगै कोरोना भाइरस संक्रमण हुनेको संख्या २ लाख ७३ हजार ६६६ जना पुगेको छ ।

त्यसैगरी आज थप १ सय २ जना कोरोना संक्रमण निको भएर घर फकेका छन । यो संगै कोरोना निको हुनेको संख्या २ लाख ७० हजार ६८ जना पुगेको छ ।

त्यस्तै गएको २४ घण्टामा थप ४ जना कोरोना संक्रमितको ज्यान गएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार ६५ जना पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्