हेमबहादुर मल्ल सम्मान, २०७५ डा. दासलाई प्रदान « Arthapath.com
१४ फाल्गुन २०७७, शुक्रबार

हेमबहादुर मल्ल सम्मान, २०७५ डा. दासलाई प्रदान



काठमाडो. । राष्ट्रपति विद्यादेवी भण्डारीले आज एक विशेष समारोहमा हेम बहादुर मल्ल सम्मान, २०७५ डा. गौरी शंकर लाल दासलाई प्रदान गरेको छ ।

उक्त सम्मान २ लाख राशीको रहेको छ । नेपाल जनप्रशासन संघले शिक्षा, व्यवस्थापन, प्रशासन, सार्वजनिक वितरण, जनसरोकार एवं सरकारी तथा गैरसरकारी क्षेत्रमा अतुलनिय योगदान पु¥याउने महानुभावलाई सम्मान गर्न ख्याती प्राप्त प्र्रशासक एवं व्यवस्थापक स्व. हेमवहादुर मल्लको सम्मानमा यो पुरस्कारको स्थापना गरिएको हो ।साल्ट ट्रेडिंग कर्पोरेशनको सौजन्यमा यो सम्मान राष्ट्रपति भवनमा प्रदान गरिएको थियो ।

राष्ट्र्रपति कार्यालयमा आयोजित सम्मान कार्यक्रममा संघका अध्यक्ष कृष्णहरि बास्कोटाले हेम बहादुर मल्ल सम्मान पाउने डा. दास १६औं व्यक्ति भएको बताएका छन । यसैगरी सम्मान छनौंट समितिका संयोजक माधव पौडेलले यस सम्मानका लागि निश्पक्षरुपमा समितिले चयन गर्दा डा.दास छनौंटमा पर्नुभएको कुरा बताएका छन । समारोहमा डा. दासले सम्मानका लागि आभार प्रकट गर्नुभयो भने साल्ट ट्रेडिंग कर्पोरेशनका अध्यक्ष लक्ष्मीदास मानन्धरले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

राष्ट्र्रपति भवनको कार्यक्रमपछि याक एण्ड यति होटलमा आयोजित कार्यक्रममा संघका अध्यक्ष कृष्णहरि बास्कोटाले डा. दासलाई संघको लोगो प्रदान गर्दै सम्मान प्रकट गरेका छन । सो समारोहमा डा.दासले आप्mुले समाजसेवामा भोगेका अनुभवसहितको विशेषकार्यपत्र प्रस्तुत गर्नु भएको थियौ । साथै, समारोहमा प्रा. यशोधा काप्mले, प्रा. चूडाराज उप्रेती र माधव पौडेलले पनिआआप्mनो मन्तव्य व्यक्त गरका थिए ।


माता भवानी देवी र पिता जनार्दन लाल दासको ज्येष्ठ सुपुत्रका रूपमा बि.स. १९८२ साल असोज १० गते सिराहाको ईनरुवामा जन्मनु भएका वरिष्ठ छातीरोग विशेषज्ञ डा. गौरीशंकर लाल दास हाल ९६ वर्षको उमेरमा सामाजिक अभियन्ताको क्षेत्रका एक नक्षत्रको रूपमा चिनिनुहुन्छ । भारतको पटना विश्वविद्यालयबाट विशिष्ट श्रेणीमा विएससी र एमबिविएस गरी सन् १९५६ मा Welsh National School of Medicine af6 TDD (Tubercular Diseases Diploma)१९५७ मा लण्डनबाट DTMH (Diploma in Tropical Medicine and Hygiene) जस्ता विषयगत विधाको शैक्षिक डिग्री हासिल गरेका छन ।


वि.स. २००९ साल देखि बीर अस्पतालको रेजिडेन्ट मेडिकल अफिसरको रूपमा आफ्नो स्वास्थ्य सेवा आरम्भ गर्नुभएका डा. दास वि.स. २०२४ सालमा स्वास्थ्य सेवा विभागको निर्देशक हुँदै स्वास्थ्य मन्त्रालयको प्रमुख योजना अधिकृत भएका थिए ।


प्रतिक्रिया दिनुहोस्