त्रिविले माग्यो ठूलो संख्यामा कर्मचारी, अनलाइनबाट आवेदन यसरी दिनुहोस् « Arthapath.com
१६ फाल्गुन २०७७, आईतवार

त्रिविले माग्यो ठूलो संख्यामा कर्मचारी, अनलाइनबाट आवेदन यसरी दिनुहोस्



काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयले प्राध्यापक सहप्राध्यापक तथा उपप्राध्यापक पदका लागि ठूलो संख्यामा दरखास्त आह्वान गरेको छ ।

आयोगले विभिन्न विषयका लागि यी ३ पदमा खुला प्रतियोगिताद्वारा कुल ५८४ जना कर्मचारी भर्ना गर्न दरखास्त आह्वान गरेको हो । आयोगले विभिन्न विषयमा १४ जना प्राध्यापकका लागि दरखास्त खुलाएको छ । त्यस्तै आयोगले सहप्राध्यापक २४ र उपप्राध्यापक ५४६ जना पदपूर्ति गर्ने भएको हो ।

योग्यता पुगेका नेपाली नागरिकहरुले फागुन ९ गतेदेखि चैत १४ गतेसम्म आवेदन दिन सक्ने छन् । भने दोब्बर दस्तुर तिरेर चैत २१ गतेसम्म त्रिवि सेवा आयोगको वेबसाइटबाट अलाइन आवेदन पेस गर्न सक्ने छन् ।

आवेदन दिन यहाँ क्लिक गर्नुहोस्ः https://vacancies.tuservicecommission.edu.np/teacheropen

प्राध्यापक पदका लागि ३ हजार ५ सय आवेदन दस्तुर तोकिएको छ भने सहप्राध्यापकका लागि ३ हजार २ सय र उपप्राध्यापकका लागि ३ हजार रुपैयाँ दस्तुर तोकिएको छ ।

स्नातकोत्तर तह उतीर्ण गरेका व्यक्तिले हालसालै खिचिएको फोटो, आधिकारिक हस्ताक्षर, नागरिकता, स्नातक तहदेखि माथिका सबै योग्यताको लब्धाङ्कपत्र, प्रमाणपत्रहरु र समकक्षताको प्रमाणपत्र, बायोडाटा लगायतका कागजात पेश गर्नुपर्नेछ ।


प्रतिक्रिया दिनुहोस्