आइतबार ७८ जना नयाँ कोरोना संक्रमित थपिए, ८२ जना डिस्चार्ज भए « Arthapath.com
१६ फाल्गुन २०७७, आईतवार

आइतबार ७८ जना नयाँ कोरोना संक्रमित थपिए, ८२ जना डिस्चार्ज भए



काठमाडौं । आइतबार नेपालमा पछिल्लो २४ घण्टामा ७८ जना कोरोना भाइरसका नयाँ संक्रमित थप थपिएका छन । यो सँगै नेपालमा कोरोना् संक्रमित हुनेको संख्या २ लाख ७४ हजार १४३ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै आजद पछिल्लो २४ घण्टामा थप ८२ जना संक्रमित कोरोना जितेर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना निको हुनेको संख्या २ लाख ७० हजार ४०७ जना पुगेको छ ।

त्यस्तै आज कोरोना संक्रमणबाट थप १ जनाको ज्यान गएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार ७७४ जना पुगेको छ । देशभर अहिले ९६२ जना सक्रिय संक्रमित रहेका छन ।


प्रतिक्रिया दिनुहोस्