सिंगटी हाइड्रोको आइपीओ सोमबार दिउँसो साढे ३ बजे बाँडफाँड गरिने

काठमाडौं । सिंगटी हाइड्रोको आइपीओ बाँडफाँड गरिने भएको छ । सिंगटी हाइड्रो इनर्जी कम्पनी लिमिटेडले माघ ४ गतेदेखि फागुन ३ गतेसम्म आयोजना प्रभावित स्थानियहरूका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको आइपीओको बाँडफाँड सोमबार गरिने भएको छ । निष्कासन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट लिमिटेडका अनुसार सोमबार दिउँसो ३ः३० बजे हुने छ ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १४ करोड ५० लाख रुपैयाँ बराबरको १४ लाख ५० हजार कित्ता आइपीओ बिक्री गरेको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरमा ४३ करोड ५० लाख रूपैयाँ बराबरको ४३ लाख ५० हजार कित्ता शेयर आइपीओ बिक्री गर्न पुस २१ गते धितोपत्र बोर्डले अनुमति दिएको थियो । उक्त शेयर बाँडफाँड भए पश्चात दोश्रो चरणमा सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गर्नेछ ।
कम्पनीले जारी गरेको आइपीओमा १९ हजार १ सय ९८ जना आवेदकहरुले १७ लाख ४५ हजार ३ सय ५३ कित्ताको लागि आवेदन दिएका छन् । यो आवेदन माग गरिएको भन्दा २०.३७ प्रतिशत बढी हो ।