डीपी शुल्कको नाममा सीडीएसको लूट, सेयर किनबेचको हरेक कारोवारमा निःशुल्क हुनुपर्ने माग « Arthapath.com
१७ फाल्गुन २०७७, सोमबार

डीपी शुल्कको नाममा सीडीएसको लूट, सेयर किनबेचको हरेक कारोवारमा निःशुल्क हुनुपर्ने माग



काठमाडौं । हाल धितोपत्र बजारमा सेयर खरिद–बिक्री गर्दा प्रतिकम्पनी डीपी शुल्कवापत् रु.२५ लगानीकर्ताले तिर्नु परेकाले हरेक कारोवारमा लिइने डीपी शुल्क कटौती गरि निःशुल्क हुनुपर्ने माग गरेको छ । पहिले एक साता लगाएर विविध झन्झट र खर्चसमेत हुने रासफासाफमा ५ रुपैयाँले पुग्ने भए पनि अहिले सोही काम कम्प्यूटर सफ्टवेयरले एक सेकेन्डमा २५ रुपैयाँ र बेच्दा पनि २५ रुपैयाँ तिर्नुवरेको छ ।

प्रविधिले सेवालाई छरितो र सस्तो बनाएको भएपनिसेवा शुल्कलाई अचाक्ली महंगो बनाएको हो । केही वर्षअघि कागजी युगमा डीपी शुल्क रु.५ मात्रै थियो भने हाल धितोपत्र किनबेच पूर्णतया डिजिटाइजेसनमा जाँदासमेत डीपीको शुल्क ५०० प्रतिशत बढी अर्थात् रु.२५ कायम गरिएको हो ।

स्टक ब्रोकर्स एशोसिएसनका अध्यक्ष सन्तोष मैनाली पूर्वाधार र प्रविधिको लागत बढेकाले डीपी शुल्क महंगो नभएको दाबी गर्छन् । तर साना लगानीकर्तालाई भने हालको डीपी शुल्क महंगो भएको उनले बताए । सेयर बजार विश्लेषक हेमन्त बस्यालले १०० कित्ता सेयर किन्नेलाई पनि रु.२५ र १ लाख कित्ता सेयर किन्नेलाई पनि रु.२५ नै हुँदाचाहिँ अन्याय भएको बताउँछन् । लगानीकर्ता मारमा परेकाले डीपी शुल्क निःशुल्क बनाउनुपर्ने माग गर्छन । डीपी शुल्कका नाममा लगानीकर्तामाथि धितोपत्र बोर्डबाट ‘लुट्ने’ काम भैरहेको सेयर लगानीकर्ता केशव कोइराला बताउँछन् । कागजी युगमा डीपी फी रु.५, अनि डिजिटाइज युगमा चाहिँ रु.२५ लिनु भनेको लुट भएको उनको भनाई छ ।


प्रतिक्रिया दिनुहोस्