राष्ट्रपतिले संसद अधिवेशन फागुन २३ गतेलाई बोलाइन्

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते अपरान्ह ४ बजेका लागि संसद अधिवेशन बोलाएकि छन ।आज बसेको मन्त्रिपरिषद बैठकको सिफारिसअनुसार राष्ट्रपतिले २३ गते सोमबार संसद अधिवेशन बोलाएकि स्रोतले जनाएको छ ।
प्रधानमन्त्री कार्यालयबाट प्राप्त संसद अधिवेशनको पत्रअनुसार राष्ट्रपतिले संसद अधिवेशन बोलाएको हुन ।प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेको थिईन ।
त्यसपछि फागुन ११ गते सर्वोच्च अदालतले सरकारको निर्णय बदर गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको छ ।