स्वावलम्बन लघुवित्तले २० प्रतिशत लाभांश पारित गर्न साधारण सभा बोलायो « Arthapath.com
१८ फाल्गुन २०७७, मंगलवार

स्वावलम्बन लघुवित्तले २० प्रतिशत लाभांश पारित गर्न साधारण सभा बोलायो



काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । संस्थाको फागुन १७ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले १९ औं वार्षिक साधारण सभा चैत्र ११ गते गर्ने भएको छ ।

कम्पनीको साधारण सभा अम्रपाली ब्याङ्क्वेट, बालुवाटार, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुने छ ।

उक्त साधारण सभामा आर्थिक वर्ष २०७६–०७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद (कर प्रयोजनका लागि०) गरि कूल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिने छ । उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरिसकेको छ ।

603dc6bf457df.jpg


प्रतिक्रिया दिनुहोस्