मोलुङ्ग हाइड्रोपावरको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल नियुक्त « Arthapath.com
१९ फाल्गुन २०७७, बुधबार

मोलुङ्ग हाइड्रोपावरको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल नियुक्त



काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजना स्थल ओखलढुङ्गाका सर्वसाधारणहरुको लागि निष्काशन गरिने रु. १०० अकिंत दरको साधारण शेयर ३५ लाख ३१ हजार (आयोजना प्रभावित क्षेत्र ओखलढुङ्गाका वासिन्दाहरुलाई छुट्टयाईएको ८ लाख २ हजार ५ सय कित्ता शेयर समेत) कित्ता निष्काशन गर्नको लागि सनराइज क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरिएको हो ।

साधारण शेयर निष्काशन कार्यको लागि कम्पनीको तर्फवाट प्रबन्ध संचालक अमृत कुमार महर्जन तथा सनराइज क्यापिटल लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठका बीच मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेड, रजिष्टर्ड कार्यालय रविभवन, काठमाण्डौमा द्धिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरी निकट भविष्यमा उक्त साधारण शेयर निष्काशन गरिने सम्झौता गरिएको छ ।

मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको ७ मे.वा. क्षमताको मोलुङ्ग खोला जलविद्युत आयोजनाबाट मिति २०७४ चैत्र १२ गतेबाट ब्यापारिक विद्यृत उत्पादन सुरु गरी संचालनमा रहेको छ । माघ २५ गते सम्पन्न कम्पनीको ११ औ बार्षिक साधारणसभाबाट कम्पनीको अधिकृत पूंजी बृद्धि गरी एक अर्ब र जारी पूंजी बृद्धि गरी ८० करोड २५ लाख कायम गर्ने निर्णय गरेको छ । उक्त निर्णय पश्चात शेयर संरचना अन्तर्गत जारी पूंजीमा ५६% अर्थात ४४ लाख ९४ हजार कत्ता संस्थापक शेयर र ४४% अर्थात ३५ लाख ३१ हजार कित्ता सर्वसाधारण शेयरको सार्वजनिक निष्काशनबाट पूंजी कायम गरिने छ ।


प्रतिक्रिया दिनुहोस्