नेप्सेको ओरालो यात्रा बुधबार पनि निरन्तर, जीवन बीमा समूहको सर्वाधिक घट्यो « Arthapath.com
१९ फाल्गुन २०७७, बुधबार

नेप्सेको ओरालो यात्रा बुधबार पनि निरन्तर, जीवन बीमा समूहको सर्वाधिक घट्यो



काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) परिसूचक बुधबारपनि घटेको छ । पछिल्लो समय राजनीतिक अस्थिरताका कारण नेप्सेमा लगातार ओरालो लागग्दै आएको छ । दैनिक रुपमा आफ्नै रेकर्ड ब्रेक गर्दै उच्च बिन्दुमा पुगेको नेप्सेको ओरालो यात्रा लागेको हो ।

बुधबार नेप्से परिसूचक ३९.२३ अंकले घटेर २४१६ अंकमा बन्द भएको छ । बुधबार दिनभरिमा २१२ कम्पनीको १ करोड १३ लाख ९२ हजार १३५ सेयर कित्ता ६३ हजार ६७४ पटक किनबेच हुँदा ६ अर्ब २५ करोड ४८ लाख ९ हजार ४४२ रुपैयाँको कारोबार भएको छ ।

बुधबार ट्रेडिङ र होटेल एण्ड पर्यटन समूहका लगानीकर्ताले कमाए भने अन्य समूहका लगानीकर्ताले भने गुमाए । ट्रेडिङ र होटेल एण्ड पर्यटन समूहको क्रमशः ३०६.५४ र ३५.१७ अंकले बढेको छ भने जीवन बीमा समूह निर्जीवन बीमा समूहका लगानीकर्ताले सवार्धिक क्रमशः४५२.५३ र १६७.८८ अ.कले गुमाए ।


प्रतिक्रिया दिनुहोस्