नेपाल स्टक एक्सचेन्जले माग्यो कर्मचारी, कसले-कसले दिन पाउँछ आवेदन ? « Arthapath.com
२१ फाल्गुन २०७७, शुक्रबार

नेपाल स्टक एक्सचेन्जले माग्यो कर्मचारी, कसले-कसले दिन पाउँछ आवेदन ?



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्स) मा रिक्त रहेका देहाय बमोजिमका पदहरु खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नैपर्ने भएकोते देहायको योग्यता पुगेका उम्मेदवारहरुले यो सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र र दोब्बर दस्तुर तिरी थप ७ भित्र नेप्सेबाट निर्धारित दरखास्त फाराम भरी नेप्से पदपूर्ति समितिको सचिवालय प्रशासन शाखामा दरखास्त दर्ता गराउन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

रीत नपुगी, म्याद नाघी या दरखास्त साथ अनिवार्य रुपमा संलग्न गर्नुपर्ने कागजातहरु संलग्न नभई पेश हुन आएको दरखास्त उपर कुनै कार्यबाही गरिने छैन् । दरखास्त फाराम, विज्ञापन र पाठ्यक्रम नेप्सेको वेबसाइट www.nepalstock.com.np बाट डाउनलोड गर्न सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्