प्रभु बैंकको क्यूआर कोड तालबाराही मन्दिर गुठी ब्यवस्थापन समितिलाई हस्तान्तर « Arthapath.com
२१ फाल्गुन २०७७, शुक्रबार

प्रभु बैंकको क्यूआर कोड तालबाराही मन्दिर गुठी ब्यवस्थापन समितिलाई हस्तान्तर



काठमाडौं । प्रभु बैंक लिले तालबाराही मन्दिर गुठी ब्यवस्थापन समितिलाई संकलित भेटी तथा दक्षिणालाई डिजिटल पविधि मार्फत व्यवस्थापन गर्ने हेतुले क्यू आर कोड हस्तान्तर गरेको छ । फेवातालको बिचमा रहेको बाराही मन्दिरमा आज विहान एक कार्यक्रमका बिच नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवती प्रसाद नेपालले क्यू आर कोड हस्तान्तर गरेका हुन ।

यो सुविधा संगै मन्दिरमा भक्तजनहरुले आफ्नो मोबाईल बैंकिङ्ग एप्लिकेसन मार्फत सजिलै दान गर्न सक्नेछन् । नगद कारोबारलाई विस्तारै विस्थापन गरी डिजिटल कारोवार र नगद रहित कारोवारलाई बढावा दिने उद्देश्यका साथउक्त सेवाको सुरुवात गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्