चाइनिज ब्राण्डको जेनसेनका बाइकको नेपालमा इन्ट्री हुने, ब्राण्ड एम्बेसडर बने कलाकार कक्रोज

काठमाडौं । चाइनिज ब्राण्ड जेनसेनले आफ्नो उन्पादनका बाइक र स्कुटरमा असारबाट नेपाली बजारमा ल्याउने भएको छ ।
चाइनाको टप फाइभ ब्राण्ड जेनसेन ब्राण्डका मोटरसाइकल तथा स्कुटर रिजोन मोटर्स विजनेश प्रालिले नेपाली बजारमा भित्र्याउने तयारी गरेको हो । कम्पनीले असारबाट देशभर डिलर खोलेर नेपाली बजारमा सेवा दिन थाल्ने छ । चाइनामा टप ५ ब्राण्ड बनेको जेनसेनले नेपाली बजारमा ४ सय सिसिसम्मका बाइक र स्कुटर उत्पादन रहेको छ ।
रिजोन मोटर्सका अध्यक्ष खगेन्द्र बस्नेतले तत्कालै नेपाली बजारमा चाइनिज ब्राण्डका मोटरबाइक ल्याउने बताए । जेनसेनका ८ उत्पादन मध्ये ३ ओटा मोडल नेपालमा ल्याउने तयारीमा रहेको कम्पनीले जनाएको छ ।
त्यसैगरी कम्पनीले चर्चित हास्य कलाकार हरीप्रसाद निरौला ‘कक्रोज’लाई ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको छ । कलाकार निरौलाले नेपाली बजारमा दुई पांग्रे सवारीको माग अत्यधिक रहेको भन्दै सो ब्राण्डले नेपालीको मन जित्ने बताए ।