सांग्रिला डेभलपमेन्ट बैंकद्वारा नारी दिवसको अवसरमा नारी बचत खाताको शुरुवात

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले नारी दिवसको अवसरमा आफ्नो ग्राहकबर्गहरुको हितलाई मध्यनजर गर्दै नारी बचत खाता को शुरुवात गरेको छ । यो बिशेष गरी १८ वर्ष उमेर नाघेका महिलाहरुको हितलाई ध्यानमा राखी उच्चतम ब्याजदरका साथै बचत गर्न प्रोत्साहित गर्नको लागि प्रदान गरिएको सुविधा हो ।
यस खाता खोल्ने ग्राहक बर्गहरुलाई बार्षिक ५ प्रतिशतका दरले मासिक रुपमा व्याज भुक्तानी तथा लकर शुल्कमा पहिलो वर्षको लागि ५० प्रतिशत छुटको व्यवस्था साथै मोबाईल बैंकिङ्ग तथा VISA Debit कार्ड सुविधा पहिलो वर्षको लागि निशुल्क गरिएको छ । यस सेवा अन्तर्गत ग्राहक महानुभावहरुले बैकको हाल संचालनमा रहेका ९५ वटै शाखाहरुबाट यस किसिमको बचत गर्न सकिने छ।