अन्तराष्ट्रिय नारी दिवशको अवसरमा काठमाडौंमा बृहत्त महिला दिवस सवारी

काठमाडौं । नेपालमा रोयल इन्फिल्ड मोटरसाइलको आधिकारी विक्रेता प्रतिष्ठीत औधोगिक तथा व्यापारीक घराना एम भी दुगड ग्रुप अन्र्तगतको विवेक अटोमोवाइलस् प्रा. लि. ले फागुन २४ गते 111th International Women’s Day को अवसरमा “Women’s Day Ride” कार्यक्रम आयोजना गरेकोे छ । Women’s Day Ride को शुभारम्भ रोयल इन्फिल्डका हेड अफ परेसन कनक जम्मरले गर्नु भएको थियो ।

बालाजु स्थित रोयल इन्फिल्ड शोरुम देखी सुरु भएको यस राइडले बनस्थली–स्वयम्भु–बल्खु–सानेपा हुदै टेकुको श्री जन उद्धार सेवा समितिमा पुगी त्यस बालआश्रममा राशन र पढाईा–लेखाइ का सामग्रीको सहयोग गरि पहिलो चरण समाप्त गरेको थियो । दोश्रो चरणको लागि श्री जन उद्धार सेवा समिति देखि साँगा सम्मको ४० किलोमीटरको यात्रा गरेको थियो ।

३१ वोटा रोयल इन्फिल्ड मोटरसाइकलमा सवार ४३ जना राइडरहरुले यस राइडमा सहभागिता जनाएका थिए । यस राइडका मुख्य अतिथि थिए Guiness Books of World Record for Female Journalist to summit Mt. Everest from both North and South side holder कल्पना महर्जन । सबै भन्दा ठुलो उमेर हुनुभएका ६१ वर्षका भुतपुर्व DIGP, बिमला थापाको र सबै भन्दा सानो उमेर हुनु भएका १७ वर्षका सिताष्मा लामाको पनि यस राइडमा सहभागिता रहेको थियो । बालाजु स्थित रोयल इन्फिल्ड शोरुम देखी साँगा सम्मको ४० किलोमीटरको मोटरसाईकल र्यालीका लागी रोड क्यापटेन थिए Women International Motorcycle Association (WIMA), का President, सुनिता देशार । यस राइडका Road Marshalling भने काठमाडौँ लेजेंड्स् टिमले गरेका थिए ।

कार्यक्रममा Guide The Blind र Aqua Pong जस्ता भाइचारा अनि आपसि मेल बढाउने खेलहरु समावेस गरीएका थिए । Guide The Blind का बिजेता सिताष्मा लामा, रन्जु सापकोटा, रोशनी भण्डारी, स्मृति भारती र कोपिला मगर हुनुभएका थिए । Aqua Pong का बिजेता भने सिताष्मा लामा, रोशनी भण्डारी रस्मृति भारती हुनुभएका थिए ।

अनाथ बालबालिकाहरुलाइ सेवा गर्दै आएको श्री जन उद्धार सेवा समितिलाई सहयोग एवं त्यस बालआश्रममा रहनुभएका नानुबाबूहरुसंग अन्तर्क्रिरया गर्ने यस राइडको मुख्य उद्देश्य रहेको थियो । साथसाथै विभिन्न कार्य तथा पेशामा आबद्ध भईरहनुभएका नारीहरुको सशक्तिकरण पनि यस राइडको मूल उद्देश्य थियो । Corporate Social Responsibility (CSR) लाइ प्राथमिकता दिनु र Women Empowerment and Equality लाइ प्रोत्साहन गर्नु र्यालीको मनसाय रहेको थियो ।
