राष्ट्र बैंकको डेपुटी गभर्नरमा ढुंगाना र मिश्र नियुक्त, डा. निलम बनिन् पहिलो महिला डेपुटी गभर्नर « Arthapath.com
२५ फाल्गुन २०७७, मंगलवार

राष्ट्र बैंकको डेपुटी गभर्नरमा ढुंगाना र मिश्र नियुक्त, डा. निलम बनिन् पहिलो महिला डेपुटी गभर्नर



काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा निलम तिम्सिना ढुंगाना र बम बहादुर मिश्र नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले कार्यकारी निर्देशकद्धय ढुंगाना र मिश्रलाई डेपुटी गभर्नर नियुक्त गरेको हो ।

ढुंगाना तेश्रो नम्बरकी कार्यकारी निर्देशकका रुपमा सार्वजनिक ऋण व्यवस्थापन विभागको प्रमुख थिइन भने मिश्रले १३ नम्बरको कार्यकारी निर्देशकका रुपमा विदेशी विनियम व्यवस्थापन विभागको नेतृत्व गरिरहेका थिए ।

ढुंगाना नेपाल राष्ट्र बैंकको इतिहासमा पहिलो महिला डेपुटी गभर्नर हुन । वि.स. २०५४ मंसिर २२ गतेदेखि राष्ट्र बैंकमा जागिर शुरु गरेकी तिम्सिनाले व्यवस्थापनमा विद्यावारिधि गरेकी हुन् । २०७४ साल फागुन २५ गते राष्ट्र बैंकको कार्यकारी निर्देशकमा बढुवा भएकी हुन् ।

मिश्र राष्ट्र बैंकमा छोटो अवधीमै कार्यकारी बन्ने अवसर पाएका भाग्यमानी हुन् । २०५९ साल साउन गतेदेखि राष्ट्र बैंकमा जागिर सुरु गरेका मिश्रले ०७६ साउन २३ गते कार्यकारी निर्देशकमा बढुवा भएका थिए । डेपुटी नियुक्त दुबै जना झापाली हुन् ।


प्रतिक्रिया दिनुहोस्