माछापुच्छे बैंकको क्युआर कोड तथा We Chat Pay सेवा लुम्बिनीमा « Arthapath.com
२६ फाल्गुन २०७७, बुधबार

माछापुच्छे बैंकको क्युआर कोड तथा We Chat Pay सेवा लुम्बिनीमा



काठमाडौ. । देशका हरेक वर्ग र तहका ग्राहकमाझ डिजिटल सेवाको पहुँच पु¥याउने उद्देश्यले माछापुच्छे बैंकले पर्यटकिय स्थल एंव गौतम बुद्धको जन्म स्थल लुम्बिनीमा क्युआर कोड सेवा तथा We Chat Pay सुरु गरेको छ।

स्वदेश तथा विदेशबाट लुम्बिनीको भ्रमणमा आउने पर्यटकले लुम्बिनीको बिकासको लागि प्रदान गर्ने आर्थिक सहयोग तथा माया देवि मन्दिर प्रवेशमा लाग्ने शुल्क अव क्युआर कोड को माध्यमबाट भुक्तानी गर्न सक्नुहुनेछ ।

डिजिटल बैंकिङ्गमा आक्रमक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा माछापुच्छे बैंकले देशका विभिन्न स्थानमा रहेका तरकारी बजार, सपिङ्ग कम्पलेक्स लगायतमा क्यु.आर कोड सेवा प्रदान गर्दै आएकोमा अन्य क्षेत्रहरु प्हिचान गरि डिजिटल सेवा प्रदान गर्दै जाने उद्धेश्यले लुम्बिनीमा उक्त सेवा संचालनमा ल्याएको छ ।


उक्त सेवा संचालन भएपछि मायादेविमन्दिर दर्शन गर्न जाने आन्तरिक पर्यटकले क्यु. आर. कोड तथाबाह्य पर्यटक त्यसमापनिविशेष गरि चाइनिजपर्यटकले We Chat Pay को माध्यमबाट मन्दिर दर्शन शुल्कतथाआर्थिक सहयोग प्रदानगर्न सक्नेछन् ।

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छे बैंकले हालै मात्र नेपाली कर्मशियल बैंकिङ्ग इतिहासमा पहिलोपटक आफ्नै मोवाईल वालेट रेमिट्याप संचालनमा ल्याएको छ भने अन्य डिजिटल सेवाहरु जस्तै मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाईन मार्फत खाता एंव मुद्धती खाता खोल्ने लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहकमाझ ल्याइसकेको छ ।


प्रतिक्रिया दिनुहोस्