नव नियुक्त डेपुटी गभर्नर ढुंगाना र मिश्रको सपथ ग्रहण आज ४ बजे « Arthapath.com
२६ फाल्गुन २०७७, बुधबार

नव नियुक्त डेपुटी गभर्नर ढुंगाना र मिश्रको सपथ ग्रहण आज ४ बजे



काठमाडौं । नेपाल राष्ट्र बैंकका नव नियुक्त डेपुटी गभर्नरद्धय निलम तिम्सिना ढुंगाना र बम बहादुर मिश्रको सपथ ग्रहण बुधबार गरिने भएको छ । नेपाल राष्ट्र बैंकको केन्द्रिय कार्यालय बालुवाटारमा अप्रान्ह ४ बजे सपथ ग्रहण कार्यक्रम रहेको नव नियुक्त डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनाले जानकारी दिइन् ।

नव नियुक्त डेपुटी गभर्नरद्धय तिम्सिना र मिश्रलाई राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सपथ खुवाउने कार्यक्रम रहेको उनले बताईन । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले कार्यकारी निर्देशकद्धय ढुंगाना र मिश्रलाई डेपुटी गभर्नरमा नियुक्त गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्