ज्योति विकास बैंकले रु. १.५ अर्बको ऋणपत्र निश्कासन गर्ने

काठमाडौं । ज्योति विकास बैंकले १ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र निश्कासन गर्ने भएको छ । ज्योति विकास बैंकले १० वर्षे अवधिको ‘९ प्रतिशत १० वर्षे ज्योति विकास बैंक बण्ड २०८७’ ऋणपत्र निश्कासन गर्नका लागि धितोपत्र बोर्डमा आवेदन दिएको हो ।
बैंकको उक्त ऋणपत्रमा लगानी गर्नेले वार्षिक ९ प्रतिशतको दरले ब्याज पाउनेछन् । बैंकले १००० रुपैयाँ दरका १५ लाख इकाई ऋणपत्र निश्कासन गर्ने छ । कुल इकाईमध्ये ९ लाख प्राइभेट प्लेसमेन्टका आधारमा र ६ लाख पब्लिक इस्यूको रुपमा निश्कासन हुनेछ । ऋणपत्रको निश्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमीटेड रहेको छ ।