प्राइम कमर्शियलको ऋणपत्रमा आवेदन दिने समय थपियो « Arthapath.com
३ चैत्र २०७७, मंगलवार

प्राइम कमर्शियलको ऋणपत्रमा आवेदन दिने समय थपियो



काठमाडौं । प्राइम कमर्शियलको ऋणपत्रमा आवेदन दिने समय चैत १३ गतेसम्म थप गरिएको छ । प्राइम कमर्शियल बैंक लिमिटेडले फागुन २८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ‘८.७५ प्रतिशत प्राइम डिबेन्चर २०८५’ मा आवेदन दिने समय चैत १३ गतेसम्म थप गरिएको हो ।

बैंकले प्रतिऋणपत्र १ हजार अंकित मूल्यका ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । निष्काशन गरिएको कुल ऋणपत्रमध्ये २ अर्ब १० करोड रुपैयाँ बराबरको २१ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिएको हो भने बाँकी १ अर्ब ४० करोड रुपैयाँ बराबरको १४ लाख कित्ता ऋणपत्र सर्वसाधारणहरुमा बिक्री खुला गरेको हो ।

सो ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्