राष्ट्रिय बाणिज्य बैंकले निरन्तर लाभांश दिन्छ, आगामी बर्षमा अझै बढ्दै जान्छः सीईओ श्रेष्ठ « Arthapath.com
३ चैत्र २०७७, मंगलवार

राष्ट्रिय बाणिज्य बैंकले निरन्तर लाभांश दिन्छ, आगामी बर्षमा अझै बढ्दै जान्छः सीईओ श्रेष्ठ



काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले निरन्तर रुपमा लाभांश दिने भएको छ । गत बर्ष ऐतिहासिक रुपमा लभांश दिएको बैंकले चालु आर्थिक बर्षमा पनि लाभांश दिएको छ । यसलाई आगामी बर्षहरुमा निरन्तरता दिने राष्ट्रिय बाणिज्य बैंक प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरणकुमार श्रेष्ठले जानकारी दिए । उनले भने, “गतवर्ष हामीले ऐतिहासिकरुपमा लाभांश दिएका थियौं, यस वर्ष पनि त्यसलाई कन्टीन्यू गरेका छौं, आगामी दिनमा पनि निरन्तर लाभांश दिन सक्छौं, आगामी दिनमा लाभांश अझै बढ्दै जान्छ, बैंकको विजनेस र नाफा पनि निरन्तर बढिरहेका कारण अब लाभांश नियमित हुने र बढदै जानेमा शका छैन ।”

बैंकले आर्थिक बर्ष २०७६/०७७ मा ४.५० प्रतिशत लाभांश वितरण गरेको छ भने आर्थिक बर्ष २०७५/०७६ मा बैंकले १२ प्रतिशत लाभांश दिएको थियो । बैंकको हाल ७७ जिल्लामा २४५ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।


प्रतिक्रिया दिनुहोस्