किन सोध्यो नेप्सेले निफ्रालाई स्पष्टीकरण ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेले नेपाल इन्फ्रास्टक्ट्रचर बैंक निफ्रालाई स्पष्टीकरण सोधेको छ ।
केही दिन अघि निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले चालु आर्थिक वर्षभित्रै लन्डन स्टक एक्सचेन्जमा ३० मिलियन डलर बराबरको बोन्ड जारी गर्न लागेको बताएपछि उक्त विषयमा स्पष्टीकरण नेप्सेले सोधेको छ ।
एक सुचना जारी गदै यसमा केकति सत्य हो रु भन्दै नेप्सेले निफ्रालाई प्रश्न सोधेको छ । यसैगरी आगामी वर्ष १० प्रतिशत लाभांश दिने भन्दै भएको प्रचारबारे पनि नेप्सेले स्पष्टीकरण माग गरेको हो ।
