चार बैंकलाई राष्ट्र बैंकको कारबाही, स्टान्डर्ड चार्टर्ड बैंकलाई दुई पटक « Arthapath.com
४ चैत्र २०७७, बुधबार

चार बैंकलाई राष्ट्र बैंकको कारबाही, स्टान्डर्ड चार्टर्ड बैंकलाई दुई पटक



काठमाडौं । राष्ट्र बैंकले नियमन उल्लघंन गर्ने ४ वटा बाणिज्य बैंकलाई कारबाही गरेको छ । गत असार मसान्तदेखि पुस मसान्तसम्म दिएको निर्देशनअनुसार बैंकिङ कारोबार नगर्ने लक्ष्मी बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, ग्लोबल आइएमई बैंक र राष्ट्रिय बाणिज्य बैंकलाई कारबाही गरेको हो ।

राष्ट्र बैंकको कारबाहीमा स्ट्यान्डर्ड चार्टर्ड बैंक २ पटक परेको छ । राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागका अनुसार स्ट्यान्डर्ड चाटर्डले पुस मसान्तसम्म प्राथमिकता प्राप्त क्षेत्रमा तोकिएको सीमामा कर्जाप्रवाह नगरेमा ५७ लाख ८४ हजार ६ सय १७ रुपैयाँ २४ पैसा जरिवाना तिरेको हो । बैंकलाई राष्ट्र बैंकले पुनः कर्जाप्रवाह गर्दा आवश्यक कागजात पूरा नलिएर कर्जाप्रवाह गरेकोमा सचेतसमेत गराएको हो ।

त्यसैगरी, लक्ष्मी बैंकले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) सम्बन्धी ऐन उल्लंघन गरेको वापत चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २० लाख रुपैयाँ जरिवाना तिरेको छ । यस्तै, राष्ट्रिय बाणिज्य बैंकले सरकारको खातामा पठाउनुपर्ने पैसा समयमा नै नपठाएपछि बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई राष्ट्र बैंकले सचेत गराएको राष्ट्र बैंकले जनाएको छ ।

ग्लोबल आइएमई बैंकले राष्ट्र बैंकले तोकेअनुसार कर्जाप्रवाह गर्दा कर चुक्ता गरेको प्रमाणपत्र नलिइकनै कर्जा प्रवाह गरेको पाइएपछि बैंकलाई आगामी दिनमा सो कार्य नगर्न सचेत गराइएको हो ।


प्रतिक्रिया दिनुहोस्