सर्वाेत्तम सिमेन्टको आइपीओ किन किन्ने ? यी हुन् १५ आधारहरु

काठमाडौं । सर्वोत्तम सिमेन्ट प्रा.लि. बि.स २०६७ सालमा बिष्णु प्रसाद न्यौपानको अगुवाइमा ७ जना स्वदेशी एवम् विदेशी लगानीकर्ता मिली स्थापीत भई २०७१ सालमा Clinker को उत्पादन तथा बिक्री गर्दै बि.स.२०७३ सालमा सिमेन्ट उत्पादनको थालनी गरेको हो । बि.स. २०७६ साल श्रावण महिनामा प्रालिबाट लिमिटेड कम्पनीको रुपमा स्थापित भएको हो ।
सर्वोत्तम सिमेन्ट लि.को उत्पादन क्षमता Clinker मा (३ हजार टन प्रतिदिन) रहेको छ । सिमेन्ट Grinding क्षमता हाल २८ हजार बोरा प्रतिदिन रहेको छ भने २०७७ माघ महिनाबाट क्षमता बृद्धि भई दैनिक ६० हजार बोरा (बार्षिक २ करोड बोरा) उत्पादन क्षमता रहेको छ । कम्पनिले OPC/PPC सिमेन्ट उत्पादन तथा बिक्री गर्दै आएको छ । हाल कम्पनीको चुक्तापुजी रू ३ अर्ब ४० करोड रहेको (३ करोड ४० लाख कित्ता सेयर संख्या) रहेको छ । जसमा ६० लाख कित्ता सर्वसाधारणलाई जारी गरेपश्चात चुक्तापूजी रु ४ अर्ब पुग्ने कम्पनीले जनाएको छ । कम्पनी हाल ५ सयभन्दा बढीलाई रोजगार दिन सफल भएको छ । कम्पनीको ६ सयभन्दा बढी डिलर नेटवर्क रहेको छ भने आगामी ३ वर्षसम्म आयकरमा ५० प्रतिशत छुट पाउने ब्यवस्था रहेको छ ।
आइपीओ कति र कुन प्रक्रियाबाट ल्याउने ?
(१) कम्पनीले हालै सेवोनले ल्याएको नयाँ विधि बुक बिल्डिङबाट विधिबाट साधभारण सेयर गर्ने छ । कम्पनीले हाल चुक्तापुजीको १५ प्रतिशतले ६० लाख कित्ता शेयर निष्कासन तथा विक्री गर्ने छ । जसमा संस्थागत लगानीकर्तालाई २४ लाख, स्थानीय जिल्ला बासीलाई ८ लाख र कम्पनीका कर्मचारी तथा अन्य सर्वसाधारणलाई २८ लाख गरि कूल ६० लाखकित्ता सेयर जारी गर्ने जनाएको छ ।
आईपीओ सम्वन्धमा
कम्पनीको आन्तरिक मुल्याङ्कनका अधारमा सेयर मूल्य प्रति कित्ता शेयरको मुल्य रु.७५० भन्दा बढी हुने अनुमान गरेको छ । तर कम्पनीको अन्तिम मूल्य भने संस्थागत योग्य लगानीकर्ताहरुद्वारा बोलकबोल विधिबाट निर्धारण हुने कम्पनीले जनाएको छ ।
आधारहरु
(१) कम्पनिको दैनिक क्लिकर उत्पादन क्षमता ३००० मे.टन छ भने बार्षिक २ करोड बोरा सिमेन्ट उत्पादन क्षमता र कम चुक्तापुँजीमा बढी उत्पादन हुदा बढी प्रतिफल दिन सक्ने छ ।
(२) कम्पनीले आफ्नो व्यवसायिक उत्पादन पुरा गरेपछि नाफा कमाउँदै आएको र विगत ३ बर्षको औषत मुनाफा (कर पंछिको) वार्षिक रु १०४ करोडभन्दा बढि रहेको छ ।
(३) विगत ३ बर्षको इपीएस रु. ५२ रहेको र आगामी ३ बर्षको औषत इपीएस रु. ४५ बढि हुने अनुमान गरिएको छ ।
४) कम्पनीको रिजर्भ २०७७ माघ मसान्तसम्मको अन्त्यमा रु २३१ करोडभन्दा बढी रहेको छ ।
५) आगामी ३ वर्षसम्म आय करमा ५० प्रतिशत छुट भएकाले बढी प्रतिफल दिन सक्ने छ ।
(६) आइपीओबाट प्राप्त रकममध्ये ४० प्रतिशतले ऋण भुक्तानी गरी शतप्रतिशत ऋण मुक्त हुने र बाँकि रकमले उत्पादन क्षमता दोब्बर गर्ने योजना रहेकाले यसबाट ४ बर्षपछि प्रतिफल ७५ प्रतिशत भन्दा बढि हुने छ ।
७) आइपीओ जारी गरेपश्चात ३ महिनाभित्र १० प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लाभांश दिने निश्चित भएकाले झण्डै रु १०० प्रति सेयरको आम्दानी तत्कालै हुने छ ।
८) सेयरधनिले तिरेको रु. ६५० प्रिमियमको १५% ले हुन आउन प्रतिसेयर रु ९७÷५० कम्पनीको रिजर्भमा रहने भएकोले सो वापत थप वोनस सेयर जारी हुने सम्भावना छ ।
(९). आइसीआरएबाट आइपीओ रेटिङ्ग त्रिपल बी प्लस पाएकोले कम्पनी लगानीकर्ताको लागि औषत भन्दा बढी राम्रो रहेको छ । साथै आइसीआरए रेटिङ अनुसार कम्पनिको चूनढुंगा तथा ढुवानीको लागत अन्य सिमेन्ट उद्योग भन्दा कम रहेकोले कम्पनीले बढि प्रतिफल दिन सक्ने छ ।
(१०) संस्थागत लगानीकर्ताले रु ७५० मुल्य तोकेमा सर्वसाधारणले रु ७५० मा १० प्रतिशत घटाई अर्थात ७५० बाट ७५ रुपैयाँ घटाएर रु ६७५ मा पाउने भएकाले सर्वसाधारण लगानीकर्तालाई सहुलियत हुने छ ।
(११) कम्पनिले आफ्नो हालसम्मको रिजर्भबाट १०% बोनस शेयर र २५ प्रतिशत नगद लाभांश दिने भएकाले सेयर खरिदको ३ महिनाभित्रै लगभग रु १०० बराबरको प्रतिफल पाउने छन् । यसरी सर्वसाधारण लगानीकर्ताको सेयर मूल्य ६७५–१०० बराबर ५७५ मात्र पर्न जाने छ ।
(१२) २५ वर्षभन्दा बढि सिमेन्ट उद्योग संचालन गरेको अनुभवि सञ्चालकहरुबाट सञ्चालित उद्योग भएकाले सञ्चालन लागत न्यून रहेको छ ।
(१३) डेनमार्कबाट आयातित अत्याधुनिक भीआरएम तथा रोटोस्केल (ROTOSCALI) विधिवाट सिमेन्ट उत्पादम गर्दा विद्युतमा ३०%, बचत हुने भएकाले लागत कम भई तथा कोइला खपतमा २० प्रतिशत सम्म वचत हुने भएकाले लागत कम भई बढि प्रतिफल दिने छ । साथै नेपालमा एक मात्र Thermal Power Plan राखि विद्युत उत्पादन गर्ने भएकोले उत्पादन लागत कम छ ।
(१४) कम्पनीसंग ९० वर्ष पुग्ने चुनढुङा खानी रहेकोले हालको क्षमता बृद्धि एवम् बभिष्यमा प्रक्षेपण गरेको दोब्बर क्षमता बृद्धिलाई समेत पुग्ने हुनाले आम्दानीको प्रचुर सम्भावना रहेको छ ।
(१५) हाल कम्पनीको सम्पत्ति ( Fair Market Value Or Replacement Value ) २ हजार रुपैयाँ करोड रहेको छ ।