सिटिजन्स बैंकले तिनाउ मिसन बैंकलाई प्राप्ती गर्न राष्ट्र बैंकको अन्तिम स्विकृत, चैत्र भित्र एकिकृत कारोबार « Arthapath.com
६ चैत्र २०७७, शुक्रबार

सिटिजन्स बैंकले तिनाउ मिसन बैंकलाई प्राप्ती गर्न राष्ट्र बैंकको अन्तिम स्विकृत, चैत्र भित्र एकिकृत कारोबार



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनले तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्तीलाई नेपाल राष्ट्र बैंकले अन्तिम स्विकृत दिएको छ । केन्द्रीय बैंकबाट अन्तिम स्वीकृति पाएसँगै सिटिजन्स बैंक र तिनाउ मिसन डेभलपमेन्ट बैंकको एकिकृत कारोबार चैत्र महिनाभित्रै गर्ने तयारीमा जुटेका छन् । एकीकृत कारोबारका लागि सिटिजन्स बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले चैत १३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिव १२४ अर्ब रुपैयाँ पुग्नेछ भने सर्वसाधारणलाई दिएको ऋण लगानी करिव १०२ अर्ब रुपैयाँ पुग्नेछ । प्राप्ति पश्चात बैंकको कुल १६३ शाखा हुनेछ ।

सहमति अनुसार, तिनाउ मिसन डेभलपमेण्ट बैंकका शेयरधनीले १०० कित्ता शेयर बराबर सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९६ कित्ता शेयर पाउनेछन् । सिटिजन्स बैंकको हालको चुक्ता पूँजी ९ अर्ब ८१ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछिको चुक्ता पूँजी ११ अर्ब ६६ करोड रुपैयाँ हुनेछ ।


प्रतिक्रिया दिनुहोस्