माछापुच्छे बैंकको क्युुआर कोड सेवा रुपन्देहिको योगिकुुटी हाटबजारमा « Arthapath.com
६ चैत्र २०७७, शुक्रबार

माछापुच्छे बैंकको क्युुआर कोड सेवा रुपन्देहिको योगिकुुटी हाटबजारमा



काठमाडौं । रुपन्देहि जिल्लाको तिलोत्तमा स्थित योगिकुुटी हाटबजारमा माछापुच्छे बैंकले क्युुआर कोड सेवा सुुरु भएको छ । बिहिबार नेपाल राष्ट्र बैंक, क्षेत्रिय कार्यालय भैरहवाका निर्देशक सुुदिप फुुयालले उक्त स्थानमा क्युुआर कोड सेवाको सुरुवात गरेका हुन ।

क्युआर कोड सेवा सुरु भएसंगै उपभोक्ताले उक्त हाटबजारबाट आफुले खरिद गरेका दैनिक उपभोग्य बस्तु जस्तै तरकारी, फलफुल तथा लत्ताकपडाहरुको रकम क्युुआर कोड बाट भुक्तानी गर्न सक्नेछन ।आफुले प्रयोग गरेको बस्तु तथा सेवाको आफ्नै बैंक खाता मार्फत डिजिटल्ली भुक्तानी गर्दा ग्राहकको साथै व्यापरीलाई समेत खुद्रा पैसाको झन्झट नहुने, बचत गर्ने बानीको बिकास हुने, व्यापारीलाई हरेक दिन आफुले गरेको व्यापारबाट आएको पैसा जम्मा गर्न बैंकसम्म जानुनपर्ने लगायतका थुपै सुविधाहरुको कारणले गर्दा क्युआर कोड सेवाको पछिल्लो समय सवै वर्ग र क्षेत्रमा आर्कषण बढ्दै गएको छ । यहि कुरालाई मध्यनजर गर्दै माछापुच्छे बेंकले पछिल्लो समय देशका धेरैजसो स्थानहरुमा क्युआर सेवा प्रदान गर्दै आएको छ ।

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन आएको माछापुच्छे बैंकले हालै मात्र नेपाली कर्मशियल बैंकिङ्ग इतिहासमा पहिलोपटक आफ्नै मोवाईल वालेट रेमिट्याप संचालनमा ल्याएको छ भने अन्य डिजिटल सेवाहरु जस्तै मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाईन मार्फत खाता एंव मुद्धती खाता खोल्ने लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहक माझ ल्याइसकेको छ ।


प्रतिक्रिया दिनुहोस्