डिएफएसके ग्लोरी आई-अटो नेपालमा सार्वजनिक, मूल्य ८९ लाख ५० हजारः यस्ता छन् विशेषता « Arthapath.com
११ चैत्र २०७७, बुधबार

डिएफएसके ग्लोरी आई-अटो नेपालमा सार्वजनिक, मूल्य ८९ लाख ५० हजारः यस्ता छन् विशेषता



काठमाडौं । डिएफएसकेको आधिकारीक वितरक कुजु नेपाल प्रालिले डिएफएसकेको एड्भान्स सिरिज ग्लोरी आई–अटो नेपालमा सार्वजनिक गरेको छ । यसअघि ग्लोरी सिरिजका ५६० र ५८० एसयूभी विक्री गर्दै आएकोमा अब नयाँ मोडल आई–अटो थप भएको छ । आई–अटो एक इन्टेलिजेन्ट एसयूभी हो । यसमा रहेका धेरै फिचरहरु भ्वाइस कमान्डबाट चलाउन सकिन्छ ।

ग्लोरी आई–अटोले ७ सिटर इन्टेलीजेन्ट एसयूभीको उपमा पाएको छ । यो एसयूभी नेपाली बजारमा उपलब्ध समान मूल्यका एसयूभीहरु भन्दा धेरै एड्भान्स फिचरले भरिपूर्ण रहेको छ । डिएफएसकेका एसयूभी लग्जरी तथा उच्च माइलेजका लागि पनि विश्व बजारमा चर्चित रहेका छन् । इन्टेलिजेन्ट एसयूभी ग्लोरी आई–अटोमा आईटक नामको एस भ्वाइस कमाण्डको विशेषता पाउन सकिन्छ । यसको सहायताले हाई ग्लोरी कमाण्ड दिएर गाडीलाई विभिन्न खालको कार्य गराउन सकिन्छ । यसको प्रयोगले मूख्यत फोन कल एसेस सिस्टम, मिडिया कमाण्ड, कार कन्ट्रोल, भाइस नेभिगेसन, कनेन्टिभिटी फिचर संचालन गर्न सकिन्छ ।

यस एसयूभीमा बसेपछि फोनबुकमा नम्बर खोजेर डायल गरिरहनु पर्दैन । फोन गाडीसँग कनेक्ट भएपछि सजिलै भ्वाइस कमान्डबाटै डायल गर्ने, फोन उठाउने, फोन कल हिस्ट्री हेर्ने आदि काम गर्न सकिन्छ । मिडिया कमान्डबाट म्युजिक चलाउन र बन्द गर्न, साउन्ड बढाउन वा घटाउने काम बोलेरै गर्न सकिन्छ । यसमा रहेको कार कन्ट्रोल कमान्डबाट सजिलै क्लाइमेट कन्ट्रोल चलाउने, अगाडि पछाडिको विण्डो ग्लास खोल्ने बन्द गर्ने, सनरुफ खोल्ने बन्द गर्ने, आदि कार्यहरु गाड़ी चलाउँदा चलाउँदै बोलेरै गर्न सकिन्छ ।

त्यस्तै गाडी चलाइरहेकै अवस्थामा जीपीएस खोल्ने र बन्द गर्ने भ्वाइस नेभिगेसन तथा ब्लुटुथ र वाईफाई खोन्ने र बन्द गर्न पनि आवाज दिए पुग्छ । यी र यस्ता १ सयभन्दा बढी भ्वाइस कमान्ड दिन सकिने छ । नेपाली बाटोको लागि उपयुक्त १८ इन्चको अलोय ह्वील रहेको यस एसयूभीमा अगाडि र पछाडि दुबैतर्फ एलइडी लाइटको प्रयोग गरिएको छ । दुईवटा एग्जस्ट पाईप, पानारोमिक सनरुफ तथा रुफ रेले ग्लोरी आई–अटोलाई स्पोर्टी बनाएको छ । यस एसयूभीमा खुट्टाले नै खोल्न मिल्ने टेल गेट रहेको छ । जसले गर्दा दुबै हातमा सामान लिएर गाडीको बुटमा राख्दा सहज हुन्छ । किलेस इन्ट्री, गाडीको स्टार्ट बन्द गरेपछि आफै फोल्ड हने ओआरभीएम तथा रेन सेन्सिङ अटो वाइपर जस्ता फिचर आई–अटोमा उपलब्ध छ ।

ग्लोवल एनक्याप क्रयास टेष्टमा ५ स्टार रेटिङ पाएको यो एसयूभीमा सुरक्षाका लागि अगाडि ४ वटा एयरव्याग, चारै चक्कामा डिस ब्रेकको प्रयोग गरिएको छ । यस एसयूभीमा आधुनिक इलेक्ट्रिक स्टेबीलीटी प्रोग्राम (इएसपी) ब्रेकिङ सिस्टम दिइएको छ । जसमा एबिएस. इबीडी तथा इबीए (इमेर्जेन्सी ब्रेक असिस्ट) जस्ता फिचरहरुको सहायताले जस्तोसुकै परिस्थितिमा गाडीलाई रोक्न सक्छ । हिल होल्ड कन्ट्रोल, ३६० डिग्री क्यामरा र रियर पार्किङ सेन्सर आई–अटोमा उपलब्ध रहेको छ । यसमा जडान भएको अलार्म सिस्टम तथा इमोबीलाइजरले यो गाडी चोरी हुने समस्या कम गर्छ ।

ग्लोरी आई–स्मार्ट एसयूभीमा स्पोर्टी कन्सोल, भेहिकल रनिङ रेकर्ड सिस्टम, क्रुज कन्ट्रोल, अटो एसी क्लाइमेट कन्ट्रोल, ९ इन्चको फ्लोटिङ एचडी इन्फोटेन्मेन्ट सिस्टम जस्ता फिचरले चालकले ड्राइभिङ प्लेजर पाउने छन् । यस एसयूभीमा प्रिमियम इन्टेरियर डिजाइनको प्रयोग गरिएको छ । ड्यासबोर्डमा सफ्ट टच मेटेरियल, उड एक्सेन्टेड मेटेरियल, लेदर सिट कभर पाउन सकिन्छ ।

सिक्सवे एट्जस्टेबल ड्राइभर सिट कन्ट्रोल तथा सात सिटसम्म प्रयोग गर्न सकिने सिट अरेन्जमेन्टले पारिवारिक गाडीको रुपमा यसको प्रयोगलाई उत्कृष्ट बनाएको छ । ग्लोरी आई–स्मार्टमा १.५ लिटर टर्बो चाड पेट्रोल इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम १५० पीएस पावर तथा २२० एनएम टर्क उत्पादन गर्ने क्षमता राख्छ। यो एसयूभी अटोमेटिक गियरबक्समा नेपाल आउने छ । यसको मूल्य ८९.५० लाख छ ।

डिएफएसकेको बारेमा

डिएफएसके चाइनाको प्रख्यात मोटर कम्पनी डोङफेङ मोटर्स ग्रुप अन्तर्गत सन् २००३ मा स्थापना भएको कम्पनी हो । ग्लोबल फर्चून ५०० कम्पनीको ८० औ श्रेणीमा पर्न सफल यो कम्पनीले विश्वका ७० भन्दा बढी देशहरुमा आफ्नो गाडी विक्री गर्दै आइरहेको छ ।

डोङफेङ मोटर्सले चाइनामा प्यूजो, होन्डा, निसान, किया, रेनो तथा सिट्रोन गाडी संयूक्त लगानीमा उत्पादन तथा विक्री वितरण समेत गर्दै आइरहेको छ । डिएफएसके मोटर कम्पनीको चाइना, अमेरिका, जर्मन, जापान तथा इन्डोनेसियामा आरएण्डडी सेन्टरहरु रहेको छ । डिएफएसकेका गाडीहरु यूरो ३, यूरो ४, यूरो ५, यूरो ६ तथा डब्लुभीटीए सर्टिफाइड भएको छन् । नेपाल आउने ग्लोरी आई–स्मार्ट यूरो ४ मापदण्डको रहेको छ । डिएफएसके मोटर इन्डोनेसियामा उत्पादन भई नेपाल आउँछ ।


प्रतिक्रिया दिनुहोस्