बुधबार १४५ लाई कोरोना संक्रमण,९० जना निको भएर घर फर्किए

काठमाडौं । बुधबार पछिल्लो २४ घन्टामा ३९६३ मा पिसिआर गर्दा १ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या दुई लाख ७६ हजार ३८९ पुगेको बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
त्यस्तै पछिल्लो २४ घन्टामा ९० जना निको भएर घर फर्किएका छन ।यो सहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७२ हजार १८७ पुगेको छ ।कोरोनाबाट निको हुनेको दर ९८.५ प्रतिशत पुगेको छ ।