कोरोनाले अर्को वर्षमा बैंकहरुको खराव कर्जा बढ्छ « Arthapath.com
१२ चैत्र २०७७, बिहीबार

कोरोनाले अर्को वर्षमा बैंकहरुको खराव कर्जा बढ्छ



शुनिल केसी, सीईओ, एनएमबी बैंक लि.

दोस्रो कार्यकाल शुरु भएको छ, पहिलो कार्यकालमा बैंकमा के के परिवर्तन ल्याउनुभयो ?
यो हप्तादेखि मेरो नयाँ कार्यकाल शुरु भएको छ । पहिलो कार्यकालमा बैंकलाई दुईवटा मर्जर मेरो यो चार बर्षे कार्यकालमा भयो । दुईवटा सक्सेसफुल मर्जर गराएँ । जसमा ओम डेभलपमेन्ट बैंक र कञ्चन डेभलपमेन्ट बैंक मर्ज गर्न सफल भयो । एफपीओ पनि इस्यू गरेर क्यापिटलको बेसलाई बढायौँ । सेयर होल्डरहरुका लागि राम्रो गरँे । झण्डै २५ प्रतिशतको एभरेज रिटर्न सेयर होल्डरहरुलाई दियौँ । जवकी त्यतिबेला इण्डष्ट्रीको एभरेज हेर्ने हो भने १७ प्रतिशत मात्रै थियो । हामीले एक किसिमले मिडिल साइजको बैंकलाई टप बैंकको रुपमा उभ्याउन सफल भयौं । मेरो कार्यकाल भन्दा पनि मेरो टिमलाई नै यो श्रेय जान्छ । बैंकको शाखाहरु १८० पुर्याउन सफल भयौं । विस्तारै बैंकलाई ग्रामीण एरियामा बढाउन सकेका छौं ।

बैंकहरुको ब्याजदर घटेको छ, कर्जा पनि तानातान छ, यो कहिलेसम्म रहन्छ ?
मार्केटको कम्पिटिशन हो । यसमा अलिकति नेपाल राष्ट्र बैंकले प्रिपेमेन्ट खुकुलो गरिदिए पछि सर्टेन बैंकहरुको ब्याज अनुसार कर्जाहरु एक बैंकबाट अर्काे बैंकमा जाने प्रक्रिया पहिलेदेखि नै चलिरहेको हो । कम्पिटिशनमा कष्टमरले पनि बैंक चुज गर्न पाउने आफ्नो राइट हुन्छ । त्यो अनुसार भैरहेको पनि छ । त्यसलाई धेरै फरक रुपमा लिनुभन्दा पनि कम्पिटिशनमा हामी छौँ, कम्पिटिशनमा भैसकेपछि कस्टमरको रिटेन्सन भनेको सर्भिस राम्रो दिएर सेवा दिनुपर्छ भन्ने हो । यसलाई धेरै अस्वभाविक रुपमा लिनु भएन तर अलि बढेको अवस्था चाँहि हो ।

कर्जाको ब्याजदर कहिले बढ्छ ?
लिक्वीटिडी केहि टाइट हुन गएको अवस्था छ । इन्र्टर बैंकको रेट हेर्यौं भनेपनि आजको दिनमा साँढे ३ प्रतिशत जति चलिराछ । कर्जाको लाभ २–३ महिनामा आएर कर्जाको बृद्धिदर डिपोजिटको बृद्धिदरभन्दा पनि बढि भएकाले लिक्वीडिटी केहि टाइट हुन खोजेको चाहि हो । डिपोजिटमा त २–३ हप्तामा ब्याज बढ्ने अवस्था हामीले देखिरहेका छौँ । अहिलको अवस्था हेर्दा बैंकहरुको पहिले जस्तो अवस्था देखिएको थियो, जुनबेला बैंकहरुसँग लेभल फण्डको नै अभाव भएर सिसिडी रेसियो एउटा लेभलमा टाइट भएर लेण्डिङ गर्न सक्ने अवस्था थियो । भने अहिलेको अवस्थामा लेण्डिङ गर्नको लागि सिसिडी चाँहि राष्ट्र बैंकले दिएको ८५ प्रतिशतमा हुने राम्रो छ ।

कर्जा लगानी २–३ सय अर्व अझै पनि गर्न सक्ने अवस्था छ । तर यतापट्टि अर्काे लिक्वीटिडी सीआरआरसँग मेन्टेन गर्नका लागि टाइट नेस हामीले देखेका छौं । यो बीचमा राष्ट्र बैंकको करिव ४६ अर्ब जति रिफाइनान्सियल तुरुन्तै आइहाल्ने अवस्था छ । त्यसले गर्दाखेरि त्यति धेरै असहज अवस्था त नहोला । तर जुनकिसिमको लिक्वीडीटि फ्रस्ट भएर एकदम ब्याजदर कम भएर घटिरहेको अवस्थामा डिपोजिट पनि घटेको अवस्थामा अहिले केहि मात्रामा करेक्सन जस्तो भएर अगाडी बढ्ने अवस्थामा छ । इमिडेट्ली लोनको ब्याज चाँहि बढि हाल्ने अवस्था छैन ।

एनएमबीले पहिला जस्तै साना विकास बैंक लिएको थियो, अहिले पनि साना बैंकहरु लिन खाजेको भन्ने सुनिन्छ नी ?
लाष्ट ६ बर्षमा हेर्ने हो भने हामीले करिव ६–७ बैंकलाई अक्वायर तथा मर्जर गरेका छौं । हामी जुनसुकै बेला जुनसुकै अपरच्युनिटीका लागि पनि ओपन भएर गएका छौं । मार्केटले कसरी लिएर जान्छ, राष्ट्र बैंकको कस्तो खालको नीति आउँछ र हाम्रो बैंक आफ्नो स्टाटिजीमा फिट हुने खालको कुनै खालको त्यस्तो आयो भने ओवदन भने हुन्छांै तर तत्कालै केहि इमिडेट्ली गैहाल्ने प्लान चाहि अहिले छैन ।

अहिले बजारमा ठूला बैंकहरु धमाधम मर्जरमा जाँदै छन्, एनएमबीले के गर्छ ?
सबै कुराहरुलाई हामी ओपन राखेर बसेका छौं । धेरै कुराहरु कस्तो खालको नितीहरु आउँछन् राष्ट्र बैंकको, मार्केटको स्थिती कस्तो भएर जान्छ, कस्तो अपरच्युनीटिहरु आउँछन् । कोभिड सकिएपछि कोष कोभिड पिरियडमा चाँहि कस्तो खालको रुपमा आर्थिक विकास हुँदै जान्छ । कुन कुन क्षेत्रमा अपरच्युनिटीहरु हुन्छन् । त्यो सबै कुरालाई हेरेर हामीले डिसिजन लिनु पर्ने हुन्छ । आजै तपाइले मलाई सोद्धाखेरि हामी ओपन छौ भन्न सकिन्छ ।

कोरोनाको कारणले राष्ट्र बैंकले मर्जरका लागि दवाव नदिएकाले धेरै बैंकहरु मर्जरमा जान चाहेनन् पनि भनिन्छ नी ?
मर्जर भन्ने आवश्यकता चाँहि बैंकको आफ्नो परिस्थीती र मार्केटले श्रृजना गर्नेमा भर पर्छ । तसकारण दवाव भन्ने राष्ट्र बैंकले दिएको जस्तो लाग्दैन । र त्यो भन्दा पनि स्वतस्फूर्त रुपमा बैंकहरुले आफ्नो रिक्वायरमेन्ट अनुसार प्लान गरेर, स्टाटीजी बनाएर भविष्यमा के गर्ने हो त भनेर क्लियर गर्नुपर्छ । फोर्सफुल मर्जरको के कारणले नभएको भन्दा पनि आवश्यकता कसरी भएर जाने हो, कोभिड पछिको मार्केट कस्तो भएर जाने हो, बैंकलाई कसरी विकास गर्ने हो, त्यो सबै कुरालाई हेरेर निर्णय गर्नुपर्ने हुन्छ र खालि मर्जर गर्नका लागि भन्दा पनि एउटा मिनिङफुल हुनुपर्छ ।

अहिले राष्ट्र बैंकले विभिन्न सहुलियत दिइराखेको छ, बैंकहरुले खराव कर्जा लुकाएका छन् यसको अषर अर्को देखिन्छ होला ?
अहिले हामी लकडाउनबाट पुरै बाहिर त आयौं तर कोरोनाकाट पुरै बाहिर आएका निस्केका छैनौं । भारतमा पनि नयाँ खालको कोरोना भाइरस आएको देखिन्छ । हामी कोरोनामुक्त भैसकेका छैनौं । लकडाउनको अवस्थामा धेरै विजनेशहरु अति प्रभावित बनेका थिए । टुरिजम् ट्रान्पोटेसनको विजनेश, होटलका विजनेशहरु पुरानो अवस्थामा फर्कन केही समय लाग्छ । अवका दिनमा ति व्यवसायको लगानी छिट्टै उठ्ने संभावना छ । कोरोनाले बजारमा बैंकहरुको केही न केही एनपिए बढ्ने संभावना छ । राष्ट्र बैंकले केही टाइम दिएर रि–स्ट्रक्चरीङ, रिसाइक्लिङ दिएको छ । यो समयमा इकोनोमी रिभाइभ हुने सक्यो भने डराउनुपर्ने अवस्था छैन ।

यो आवमा बैंकहरुले पहिलेजस्तै लाभांस दिन सक्छन त ?
प्रोफिट ल बैंकिङ क्षेत्रको ग्रोथ हेर्दा हुन नसक्नु स्वभाविक हो अहिलेको अवस्थामा । अव ४ महिनाको फिस्केल इएर त बाँकी नै छ । यामे अवधीमा कस्तो पर्फमेन्स हुन्छ, त्यसैबाट कस्तो रिर्टन हुन्छ भन्न सकिन्छ ।

अहिले कोरोनाले सबै व्यापार व्यावसाय घाटामा हुने, बैंकले मात्रै यत्रो कमाए भनेर सर्वत्र चर्चा भएको छ नि ?
बैंकको प्रोफिटलाई नेट प्रोफिट मानेर आइसोलेसनमा लिएर हेर्दा ठिक एनालाइसिस हुँदैन । बैंकहरुको हेर्ने भनेको रिर्टन एण्ड इक्वीटिबाट हेर्नुपर्छ । अहिले बैंकहरुको रिर्टन एण्ड इक्वीटि धेरै कम भैसकेको छ । ५÷६ वर्षको रिर्टन एण्ड इक्वीटि चाँही आधा घटिसकेको छ । बैंकहरुको जुन क्यापिटल छ, त्यो अनुसार प्रोफिट धेरै कम छ ।

बैंकहरुलाई राष्ट्र बैंकले अनौपचारिक सेयरमा मार्जिन ल्याण्डिङ नगर भनेको हो ?
हामी मार्जिन लेण्डिङ वा सेयर कर्जामा लगानी गर्नेमा पर्दैन । हामी रियल सेक्टरमा प्रोडक्टीभ लगानी फोकस गरेका छौं । हामी मार्जिन ल्याडिङ कम गर्ने बैंकमा पर्छौं ।

एनएमबी बैंकले दिने प्रतिफल आगामी दिनमा बढ्छ कि घट्छ ?
हाम्रो उदेश्य भनेको सेयरधनीलाई राम्रो दिने भन्ने रहन्छ । राम्रो दिने हिसावलेनै मेहनत गरिरहेका छौं । आजभन्दा ४ वर्षदेखी हेर्नुभयो भने एभ्रेज २५ प्रतिसत रिर्टन दिएका थियौं ।


प्रतिक्रिया दिनुहोस्