सगरमाथाको नयाँ उचाई ८८४८.८६ मिटरलाई मध्येनजर गर्दै एभरेष्ट बैंकद्धारा नयाँ बर्ष २०७८ को कर्पोरेट क्यालेन्डर सार्वजनिक

काठमाडौं । एभरेष्ट बैंकले पर्यटन विभाग, प्रद्घशनीमार्गमा आयोजित समारोहकोबीचमा नयाँ बर्ष २०७८ को कर्पोरेट क्यालेन्डर अनावरण गरेको छ । लामो समय देखि बैंकले नेपालको संस्कृति र पर्यटन सम्बन्धी बिभिन्न विषयवस्तुहरुलाई समाहित गर्दै आफ्नो कर्पोरेट क्यालेन्डर बनाउदै आएको छ ।
“सगरमाथाको १२ फरक मुहारहरू” विषयवस्तु राखेर तयार पारिएको बंैकको क्यालेन्डर २०७८ पर्यटन विभागका महानिर्देशक श्री रुद्रसिंह तामाङ्ग र एभरेष्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जीके नेगी, नेपाल पर्वतारोहण संघका कार्यकारी सदस्य तथा बंैकका ब्रान्ड फेस मिङ्गमा डेभिड शेर्पाले संयुक्त रुपमा अनावरण गरेका छन् । सो कार्यक्रममा डा. सन्धीर कुमार–नायव महाप्रबन्धक, एभरेष्ट बैंक लगायत पर्यटन विभाग तथा बैंकका अन्य उच्च अधिकारीहरू पनि सामेल थिए ।
कार्यक्रमको दौरान बैंक व्यवस्थापनले, सगरमाथाको नयाँ गौरवमय उचाई ८८४८.८६ मिटरलाई मध्येनजर गर्दै यसको चर्चा बढाउन बैंकले “सगरमाथाको १२ फरक मुहारहरू” जस्तो फरक विषयवस्तुलाई चित्रण गरेको हो जसले नेपालको माउन्टेन पर्यटनलाई अझ बढावा दिन्छ भन्ने प्रकास पारे ।
स्थापना काल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म ११ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १०२ शाखा संजाल, प्रादेशिक कार्यालय , १३४ एटिएम बुथ सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।