नेपाल टेलिकमको वार्षिक साधारसभा आज, ४० रुपैयाँ लाभांश पारित गर्दै « Arthapath.com
१३ चैत्र २०७७, शुक्रबार

नेपाल टेलिकमको वार्षिक साधारसभा आज, ४० रुपैयाँ लाभांश पारित गर्दै



काठमाडौं । नेपाल टेलिकमको वार्षिक साधारसभा आज हुने भएको छ । कम्पनीको १३ औँ वार्षिक साधारण सभा आज शुक्रबार त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा भैरहेको छ ।

सभाले गत आर्थिक वर्ष २०७६।०७७ को मुनाफाबाट प्रतिसेयर ४० रुपैयाँका दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ । त्यस्तै, साधारण सेयरधनीहरुका तर्फबाट सञ्चालकमा निर्वाचित अम्बिकाप्रसाद पौडेललाई नियुक्ति अनुमोदन गर्ने छ ।

सभामा संस्थाको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६।०७७ को वार्षिक प्रतिवेदन पारित गर्ने छ । सभाले आर्थिक वर्ष २०७६।०७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७।०७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने, लगायतका एजेन्डाहरू छलफल गरी पारित गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्