भारतमा एकैदिन ५९ हजार बढीमा कोरोना संक्रमण, २५७ जनाको ज्यान गयो

काठमाडौं । छिमेकि मुलुक भारतमा पछिल्लो २४ घण्टामा ५९ हजारभन्दा बढीमा कोरोना संक्राित थपिएका छन । भारत स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५९ हजार ११८ जनामा कोरोना संक्रमण देखिएको हो । यो संगै भारतभर हालसम्म कोरोनासंक्रमितको संख्या १ करोड १८ लाखा ४६ हजार ६५२ पुगेको छ ।
त्यस्तै गरी भारतमा पछिल्लो २४ घण्टामा २५७ जनाको कोरोना संबmमण बाट ज्यान गएको छ ।यो संगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ६० हजार ९४९ जना पुगेको छ । संक्रमितको संख्या बढेसँगै भारतमा सक्रिय कोरोना संक्रमितको संख्या ४ लाख २१ हजार ६६ पुगेको छ ।
केही सातादेखि छिमेकि मुलुक भारतमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । संक्रमणको दर बढेसँगै केही राज्यले निश्चित क्षेत्रमा लकडाउन र निषेधाज्ञा लागू गरिसकेका छन् ।