सार्वजनिक यातायातमा मास्क प्रयोग अनिवार्य « Arthapath.com
१३ चैत्र २०७७, शुक्रबार

सार्वजनिक यातायातमा मास्क प्रयोग अनिवार्य



काठमाडौं । छिमेकि मुलुक भारतमा कोरोना संक्रमण बढेसंगै संक्रमण जोखिमको रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा सार्वजनिक यातायातमा मास्क प्रयोग अनिवार्य गरिएको छ ।

आज जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रमुख जिल्ला अधिकारी, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, यातायात व्यवसायी र यातायात मजदुरहरुबीच भएको छलफलमा कोरोना संक्रमणको जोखिम न्युनीकरणका लागि मास्क प्रयोग अनिवार्य गर्ने निर्णय गरेको काठमाडौ महानगरपालीकाले जनाएको छ ।

बैठकले सार्वजनिक यातायातमा सिट क्षमता बराबर मात्र यात्रु राख्ने, भौतिक दूरीलाई व्यवस्थित गर्ने र बसपार्कमा साबुनपानीले हात धुने व्यवस्था गर्ने, अनुगमनलाई प्रभावकारी बनाउनेलगायतको निर्णय गरेको महानगर स्रोतले जनाएको छ ।

कोरोना भाइरस कोभिड–१९ संक्रमणको दोस्रो लहर आउनसक्ने सम्भावना देखिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निकायसँग छलफल गरिरहेको समेत गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्