मंगलबार थप १६७ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाले ज्यान गुमाए « Arthapath.com
१७ चैत्र २०७७, मंगलवार

मंगलबार थप १६७ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाले ज्यान गुमाए



काठमाडौं । मंगलबार थप १ सय ६७ जनाको कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार १४७ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १ हजार ३९० जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ सय १५ जना कोरोना निको भएका छन । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार ७२७ पुगेको छ ।

त्यसैगरी मंगलबार ३ जनाको कोरोनाबाट ज्यान गएको छ । यो संगै हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ३० पुगेको छ । नेपालमा हालसम्म २२ लाख ६७ हजार ४०८ जनाको पीसीआर परीक्षण गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्