नेपालको आर्थिक वृद्धि २.७ प्रतिशतले बढ्ने, रेमिट्यान्सले सकारात्मक अवस्थामा ल्यायो « Arthapath.com
१८ चैत्र २०७७, बुधबार

नेपालको आर्थिक वृद्धि २.७ प्रतिशतले बढ्ने, रेमिट्यान्सले सकारात्मक अवस्थामा ल्यायो



काठमडाौं । विश्व बैंकको नयाँ प्रक्षेपणले नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत हुने देखाएको छ । कोरोना भाइरसले अर्थतन्त्रमा पारेको प्रभावपछि नयाँ प्रक्षेपण गरको हो । आर्थिक वर्ष २०७६/७७ मा नेपालको आर्थिक वृद्धिदर माइनस १.९९ प्रतिशत रहेकोमा वर्ष २.७ प्रतिशतले आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको हो । तर यो प्रक्षेपण नेपाल सरकारको ७ प्रतिशत प्रक्षेपणभन्दा कम रहेको छ ।

विश्व बैंकले बुधबार दक्षिण एसियाली देशको कुल गार्हस्थ उत्पादनबारे नयाँ प्रक्षेपण सार्वजनिक गर्दै चालु आर्थिक वर्ष भित्रै अर्थतन्त्रमा ‘भीसेभ’को सुधार हुने बताएको हो । रेमिट्यान्सले नै नेपालको आर्थिक वृद्धिदर सकारात्मक अवस्थामा ल्याउने अनुमान गरिएको छ । विदेशबाट नेपालीहरुले पठाउने रेमिट्यान्सले नै नेपालको आर्थिक बृद्धिदर बढ्ने प्रक्षेपण गरेको हो ।


प्रतिक्रिया दिनुहोस्