नेपाल वित्तीय संस्था संघको अध्यक्षमा तुलाधर निर्बिरोध चयन, को–को छन् कार्यसमितिमा ?

काठमाडौं । नेपाल वित्तीय संस्था संघको अध्यक्षमा तुलाधरलाई चयन गरिएको छ । शुक्रबार बसेको संघको २४ र २५ औं वार्षिक साधारणसभाले अध्यक्षमा पुनः सरोजकारी तुलाधर चयन गरिएको हो ।
गुडविल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रहेको तुलाधार अध्यक्ष, प्रथम उपाध्यक्षमा आइसीएफसी फाइनान्स लिमिटेडका सीईओ सुनिल पन्त, द्धितीय उपाध्यक्षमा पोखरा फाइनान्सका सीईओ रविन्द्रचन्द्र गुरुङ, महासचिवमा रिलायन्स फाइनान्सका सीईओ अनिल श्रेष्ठ, कोषाध्यक्षमा नेपाल फाइनान्सका सीईओ उद्धवराज थपलिया, सदस्यहरुमा मञ्जुश्री फाइनान्सका सीईओ सन्तोष निरौला, सेन्टुल फाइनान्सका सीईओ रजोज्ञमान श्रेष्ठ, इन्भेष्टमेन्ट एण्ड फाइनान्स लिमिटेडका सीईओ लिलामणी न्यौपाने, प्रोग्रेसिभ फाइनान्सका सीईओ विशाल भट्टराई, गोर्खाज फाइनान्सका सीईओ लाल बहादुर थिङ्ग, वेष्ट फाइनान्स लिमिटेडका सीईओ उमेशसिँह भण्डारी निर्विरोध चयन भएका छन् ।