साधना लघुवित्तले माग्यो कर्मचारी, यसरी दिनुहोस आवेदन ? « Arthapath.com
२२ चैत्र २०७७, आईतवार

साधना लघुवित्तले माग्यो कर्मचारी, यसरी दिनुहोस आवेदन ?



काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले विभिन्न पदहरुमा कर्मचारीहरुको लागि दरखास्त आव्हान गरेको छ ।

लघुवित्तले जारी गरेको सूचना अनुसार सहायक महाप्रबन्धक एक सहित सहायक अधिकृत, सुपरभाईजर, बरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक, सहायक प्रशिक्षार्थी पदहरुमा केही संख्यामा कर्मचारी माग गरेको छ ।

विहिबार वित्तीय संस्थाले प्रकाशित गरेको सूचनामा जनाए अनुसार आप्mनो योग्यता पुगेका जो कसैले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र उक्त पदका लागि दरखास्त दिन सक्ने लघुवित्तले जनाएको छ ।

गोरखा नगरपालिका ६ हरामटारीमा केन्द्रिय कार्यालय रही राष्ट्रिय स्तरको लघुवित्तको रुपमा कार्य सञ्चालन गर्दै आएको यस लघुवित्तले दुर्गम र ग्रामीण क्षेत्रमा लघुवित्त बैंकिङ्ग सेवा प्रदान गर्दै आई रहेको छ ।


प्रतिक्रिया दिनुहोस्