कृषि विकास बैंकको सञ्चालकमा मैनाली

काठमाडौँ । अर्थमन्त्रालयका सहसचिव दीर्घराज मैनाली कृषि विकास बैंकको सञ्चालकमा चयन भएका छन् ।
बैंकको संस्थापक शेयरधनी अर्थमन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको पत्र अनुसार महाशाखा प्रमुख सहसचिव मैनालीलाई पद तथा गोपनियताको सपथ ग्रहण गराइएको बैंकले जनाएको छ ।