सोमबार नेप्सेमा ३ कम्पनीको सेयर सूचिकृत, कुनको कति ? « Arthapath.com
२३ चैत्र २०७७, सोमबार

सोमबार नेप्सेमा ३ कम्पनीको सेयर सूचिकृत, कुनको कति ?



काठमाडौं । आज सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ३ कम्पनीको १२ लाख ७४ हजार कित्ता भन्दा बढी बोनस सेयर सूचिकृत भएको छ ।

आज ङादी ग्रुप पावर लिमिटेड, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेड र बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको १२ लाख ७४ हजार कित्ता भन्दा बढी बोनस सेयर सुचिकूत भएको हो ।

नेप्सेका अनुसार बरुण हाइड्रोपावरको १ लाख २७ हजार ५५७ कित्ता बोनस सेयर सूचिकृत भएको छ । त्यसैगरी इन्भेष्टमेन्ट एण्ड फाइनान्सको ६ लाख १० हजार ९९८ दशमलव ७९५० कित्ता बोनस सेयर सूचिकृत भएको हो । नेप्सेमा ङादी ग्रुप पावरको ५ लाख ३५ हजार ५५४ दशमलव ८० कित्ता बोनस सेयर सूचिकृत भएको हो ।


प्रतिक्रिया दिनुहोस्