पूर्व बैंकर सिटौला प्रभु बैंकको अध्यक्ष बन्दै, स्वतन्त्र संचालकमा नियुक्त « Arthapath.com
२२ असार २०८२, आईतबार

पूर्व बैंकर सिटौला प्रभु बैंकको अध्यक्ष बन्दै, स्वतन्त्र संचालकमा नियुक्त



काठमाडौं । प्रभु बैंकको स्वतन्त्र संचालकमा लिलाप्रकाश सिटौलालाई नियुक्त गरिएको छ । सोमबार बसेको संचालक समितिको बैठकले लिलाप्रकाश सिटौलालाई स्वतन्त्र संचालकमा नियुक्त गरेको हो ।

नेपाल राष्ट्र बैंकमा २५ वर्ष काम गरेका उनी कार्यकारी निर्देशकबाट अवकास पाएपछि कृषि विकास बैंकमा २०७१ साल मंसिर २८ देखि २०७५ साल मंसिर २७ सम्म प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रुपमा काम गरेका उनी प्रभु बैंकको अध्यक्ष बन्ने बैंक स्रातेले बतायो ।

प्रभु बैंकको अध्यक्ष पदबाट देवीप्रकाश भट्चन बाहिरिएपछि अध्यक्ष पद खाली रहेको थियो । अब बस्ने संचालक समितिको बैठकले सिटौलालाई अध्यक्ष पदमा नियुक्त गर्ने स्रोतले जानकारी दिएको छ । कृषि विकास बैंकलाई डिजिटल प्रणालीमा लैजान सिटौलाको मुख्य भूमिका सीइओको रुपमा खेलेका थिए ।

त्रिभुवन विश्वविद्यालयबाट एमबिए गरेका सिटौलासँग राष्ट्र बैंकको पहलमा खोलिएको पूर्वान्चल ग्रामिण विकास बैंकको सीइओको रुपमा काम गरेको अनुभव छ । सिटौलाले कर्जा सूचना केन्द्रको अध्यक्ष, बीमा संस्थान तथा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा संचालक भएका काम गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्