भेष्पाको १ सय ग्राहक मनोरञ्जन यात्रा सम्पन्न

काठमाडौं । भेष्पाको लागि नेपालको आधिकारिक बिक्रेता दुगड ब्रदर्स एंड संस प्रा लि ले शनिबार भेष्पा शोरुम नक्सालदेखि सिन्धुपाल्चोकको सुकुटे वीचसम्म ‘‘100 Customer रिक्रियसन राइड’ आयोजना गरेको थियो ।

राइडमा युवाहरुको आकर्षण देखिएको थियो । ग्राहकलाई एकै ठाउँमा जोडेर आत्मीयता बढाउन राइड सफल भएको प्रा.लि.का उपाध्यक्ष विजय महतोले बताए । ‘ग्राहकबीच अन्तरक्रिया गराउने, भेइकलको परफमेन्स र रिभ्यु गर्ने लक्ष्यसहित राइड आयोजना गरेका हौं,’ उनले भने ।

भेष्पा प्रिमियम प्रडक्ट हो । भेष्पा ब्राण्डलाई थप परिचित गराउन पनि राइड सफल भएको महतो बताउँछन् । राइडमा सहभागी ग्राहकहरुलाई विभिन्न समूहमा विभाजन गरी सुकुटे वीचमा विभिन्न मनोरञ्जनात्मक खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो । राइडमा सहभागी सम्पूर्ण ग्राहकहरु खुसी भएको कम्पनीका मार्केटिङ म्यानेजर करुणा पुडासैनीले जानकारी दिइन् । ‘प्रिमियम प्रडक्टप्रति नेपाली ग्राहकको आकर्षण बढिरहेको छ,’ उनले भने, ‘प्रिमियम प्रडक्ट मन पराउने ग्राहकको पहिलो रोजाई नै भेष्पा हो ।’

भेस्पा राइडमा कम्पनीले मनोरन्जनका लागि विभिन्न रिक्रियसनल गेम हरु पनि खेलाएको थियो जसमा 3 Leg Game, Rope Pulling, Carry Your Partner Race, Volleyball game, Communication Gap गेम थियो । विभिन्न राइडरहरुले कम्पनीको तर्फ़बाट विभिन्न उपहार पनि जितेका थिए।