राष्ट्र बैंकले नक्कली–सक्कली नोट छुट्याउने मेसिन ल्याउने « Arthapath.com
२६ चैत्र २०७७, बिहीबार

राष्ट्र बैंकले नक्कली–सक्कली नोट छुट्याउने मेसिन ल्याउने



काठमाडौं । नेपाल राष्ट्र बैंकले नक्कली–सक्कली नोट छुट्याउने मेसिन ल्याउने भएको छ । राष्ट्र बैंकले बेलायतबाट ११ लाख ५७ हजार २ सय ९९ डलर बराबरको नोट परीक्षण मेसिन ल्याउने तयारी गरेको हो ।

राष्ट्र बैंकले बेलायतको प्रोसेसिङ सोलुसन लिमिटेडबाट सबैभन्दा कम मूल्यमा नक्कली, सक्कली, झुत्रा नोट छुट्याउने मेशिन ल्याउन लागेको हो ।

आजको विनिमय दरअनुसार नेपाली रुपैयाँ १३ करोड ७७ लाख ७ हजार रुपैयाँ पर्छ । केन्द्रीय बैंकले आशयपत्र जारी गर्दै बेलायतको प्रोसेसिङ सोलुसन लिमिटेड कम्पनीबाट मेशिन ल्यान लागेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्