भारतमा एकैदिन थपिए १ लाख ५२ हजार भन्दा बढी कोरोना संक्रमित, ८३९ जनाको ज्यान गयो « Arthapath.com
२९ चैत्र २०७७, आईतवार

भारतमा एकैदिन थपिए १ लाख ५२ हजार भन्दा बढी कोरोना संक्रमित, ८३९ जनाको ज्यान गयो



काठमाडौं । छिमेकि मुलुक भारतमा १ दिनमा थप ८ सय ३९ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । त्यस्तैगरी पछिल्लो २४ घण्टामा भारतमा १ लाख ५२ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै भारतमा कोरोना संक्रमण हुनेको संख्या १ करोड ३३ लाख ५८ हजार ८ सय ५ पुगेको छ ।

त्यस्तैगरी हालसम्म भारतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेकोे संख्या १ लाख ६९ हजार २ सय ५७ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा भारतमा ९० हजार ५ सय ८४ जना संक्रमणमुक्त भएका छन् । त्यहाँ सक्रिय संक्रमितको संख्या ११ लाख ८ हजार ८७ रहेको छ ।

भारतमा हालसम्म १० करोड १५ लाख ९५ हजार १ सय ४७ जनाले कोरोना विरुद्धको खोप दिइसकिएको त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्