गणपति लघुवित्तको सीईओमा किरण विष्ट नियुक्त

काठमाडौं । गणपति लघुवित्तको सीईओमा किरण विष्ट नियुक्त भएका छन् । लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा किरण विष्टलाई नियुक्त गरिएको हो ।
गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले विष्टलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । साथै सीईओ अच्युतराज सापकोटाले दिएको राजीनामा २०७८ बैशाख १ गतेदेखि लागु हुने गरी स्वीकृत गरेको छ । विष्टलाई बैशाख २ गतेदेखि लागु हुनेगरी ४ वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय भएको हो ।
गणपति लघुवित्त वित्तीय संस्थाको केन्द्रिय कार्यालय तनहुँ दुलेगौँडा रहेको छ ।