मंगलबार थप ५ जनाको ज्यान गयो, ५१७ जनामा कोरोना संक्रमण

काठमाडौं । मंगलबार पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ५ जनाको ज्यान गएको छ । यो संगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ५८ जना पुगेको छ ।
त्यस्तैगरी आज यस्तै ५२ सय ३ स्वाब नमूनाको पीसीआर परीक्षण गराउँदा ५१७ जनामा कोरोना भाइरस पुष्टि भएको छ । यो सहित कोरोना संक्रमितको हुनेको संख्या २ लाख ८० हजार ९८४ पुगेको छ ।
आज १५३ जना कोरोना संक्रमण निको भएर घर फंकेका छन । यो संगै कोरोना संक्रमण निको हुनेको संख्यो संख्या २ लाख ७४ हजार ३१८ पुगेको छ । हाल ३ हजार ६०८ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।