ईन्स्योरेन्समा रोजगारीको अवसरः लाईफ इन्स्योरेन्स कर्पाेरेशनले माग्यो कर्मचारी

काठमाडौं । लाईफ इन्स्योरेन्सकर्पाेरेशनले कर्मचारी माग गरेको छ । लाईफ इन्स्योरेन्स कर्पाेरेशन लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको हो । कम्पनीले कानुन अधिकृत र कम्पनी सचिव पदका लागि कर्मचारी मागेको हो ।
कानुन अधिकृतका लागि कानुन विषयमा स्नातक र ५ बर्ष अनुभव भएको हुने पर्ने छ । कम्पनी सचिव पदका लागि भने कानुन तथा चार्टेड अकाउण्टमा स्नातक र २ बर्षको अनुभव हुने छ । ईच्छुक योग्यता पुगेका नेपाली नागरिकले बैशाख ५ गतेभित्र आवेदन दिन सकिने छ ।
