बैंकका कर्मचारीलाई २०७८ सालमा ३१ दिन बिदा, कुन–कुन दिन पाउने छन् बिदा ? « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

बैंकका कर्मचारीलाई २०७८ सालमा ३१ दिन बिदा, कुन–कुन दिन पाउने छन् बिदा ?



काठमाडौं । बैंकका कर्मचारीले नयाँ बर्ष २०७८ सालमा ३१ दिन बिदा पाउने भएका छन् । बैशाख १ गते पनि बिदा परेको छ । बैशाख १ गते पनि कर्मचारीलाई बिदाई दिईसकेको छ भने अब आउने बिदा पनि यसरी नै लागु हुने छ । बर्षभरिका विभिन्न चाडपर्वमा लागु हुने गरि २०७८ सालमा बैंकका कर्मचारीले बिदा पाउने छन् ।

नेपाल राष्ट्र बैंकले नयाँ वर्ष २०७८ मा कर्मचारीलाई एक महिनाभन्दा बढि विदा दिने भएको छ । राष्ट्र बैंकको जनशक्ति व्यवस्थापन विभागले नयाँ वर्ष बि.स. २०७८ सालमा बैंक बिदाको सूचना सार्वजनिक गर्दै ३१ दिन घर बस्न पाउने व्यवस्था गरेको छ ।

नयाँ वर्ष २०७८ को वैशाखमा २ दिन, जेठमा २ दिन, भदौमा ३ दिन, असोज ९ दिन, कात्तिकमा ६ दिन, मंसिरमा २ दिन बिदा दिइएको छ । फागुनमा ३ दिन र चैतमा ४ दिन बिदा दिइएको छ ।उपत्यका भित्र मछिन्द्रनाथको भोटो जात्रा, घोडे जात्रा, गाइ जात्रा, इन्द्र जात्रामा विदा हुने छ । भोटो देखाउने जात्राको हकमा भने सरकारले निर्णय गरे अनुसार हुने राष्ट्र बैंकले जनाएको छ ।

सम्बन्धित धर्म, भुगोल तथा समुदायहरुका लागि भने १० दिन विदा हुने छ । उभौली, इदुल फित्र, बकर इद र सिरुवा पवानी वर्षको हकमा पनि नेपाल सरकारको निर्णय अनुसार विदा तय हुने राष्ट्र बैंकले जनाएको छ । बैंकिङ समय गर्मी महिनामा आइतबारदेखि बिहीबारसम्म विहान १० देखि ५ बजेसम्म र शुक्रवार १० वजेदेखि साढे एक बजेसम्म खुला हुने छ । त्यस्तै छोटो दिनको हकमा विहान १० वजेदेखि ४ वर्षसम्म खुला हुने छ ।


प्रतिक्रिया दिनुहोस्