नेप्सेमा २ बैंकको २ करोड ३२ लाख ५५ हजार कित्ता बोनस सेयर सूचीकृत

काठमाडौं । आइतबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा नेपाल इन्भेष्टमेन्ट बैंक र गरिमा विकास बैंकको २ करोड ३२ लाख ५५ हजार ९८० कित्ता बोनस सेयर सूचीकृत गरिएको छ ।
इन्भेष्टमेन्ट बैंकको १३ प्रतिशत बोनस वितरण पश्चात १ करोड ८८ लाख ८३ हजार ७५० कित्ता बोनस सेयर सूचीकृत गरिएको हो । त्यस्तै, गरिमा विकास बैंकको १३.५० प्रतिशत बोनस वितरणपश्चात ४३ लाख ७२ हजार २३० कित्ता बोनस सेयर सूचीकृत गरिएको हो ।