राष्ट्र बैंकका गभर्नर अधिकारीबाट प्रभु बैंकका अध्यक्ष सिटौलाले सपथ लिए

काठमाडौं । प्रभु बैंकका अध्यक्ष सिटौलाले गभर्नरसँग सपथ लिएका छन् । प्रभु बैंकका नवनियुक्त अध्यक्ष लिलाप्रकाश सिटौलालाई नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आइतबार पद तथा गोपनियताको सपथ गराएका हुन् ।
पुर्व बैंकर तथा कृषि विकास बैंकको पुर्व प्रमुख कार्यकारी अधिकृत लिलाप्रसाद सिटौला २ वर्ष ४ महिनापछि बैंकिङमा फर्किएका हुन् । करिव २ साताअघि प्रभु बैंक सञ्चालक समितिको सदस्य बनेका सिटौलालाई बैंक अध्यक्षमा चयन गरेको हो ।
यस अघि कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतको कार्यकाल सकिएपछि घरमै बसिरहेका थिए । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकास पाएका सिटौला कृषि विकास बैंकको अध्यक्षबाट राजिनामा दिएर सिईओ बनेका थिए ।